थापागाउँ क्षेत्रका अनधिकृत संरचनामाथि महानगरले चलायो डोजर

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३०९ दिन अगाडि
थापागाउँ क्षेत्रका अनधिकृत संरचनामाथि महानगरले चलायो डोजर

काठमाडौ । काठमाडौं महानगरपालिकाले थापागाउँ क्षेत्रमा सडक मिचेर बनाइएका घर टहरामा डोजर चलाएको छ ।

६ मिटर बाटो रहेको थापागाउँ क्षेत्रको गल्ली मिचेर बनाइएका तीन वटा पक्की घरले मिचेको भाग डोजर लगाएर हटाएको महानगरले जनाएको छ । यस्तै दुई वटा टहरा पनि हटाउने काम भएको महानगरको भनाइ छ । आजै मात्रै महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो ।