६ वर्षदेखि प्रयोगविहीन मुगुको माटो प्रयोगशाला

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४९८ दिन अगाडि
६ वर्षदेखि प्रयोगविहीन मुगुको माटो प्रयोगशाला

काठमाडाै‌ ।  मुगुस्थित माटो प्रयोगशाला ६ वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको छ ।

२०७३ सालमा पाँच लाख रुपैयाँ लगानी गरेर स्थापना भएको प्रयोगशाला कर्मचारी अभावका कारणा प्रयोगविहीन भएको हो ।प्रयोगशालाका सामान प्रयोगमा नआउँदा कृषि विकास कार्यालयको एक कोठामा थन्किएको छ । प्रयोगशालामा लाखौँ पर्ने बहुमुल्य सामग्री छन् । जिल्ला कृषि बिकास कार्यालय मुगुका अनुसार कर्मचारी र बजेट पाए प्रयोगशाला  सञ्चालन हुने जनाएको छ । कार्यालय मुगुका प्रमुख खेमराज शाहीले प्रयोगशाला कहिले प्रयोगमा आउँछ भन्ने बारे जानकारी नभएको बताए ।

माटो प्रयोगशाला ०७३ सालमा कर्णाली प्रदेश सरकारको कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गत कर्णालीका १० वटै जिल्लामा स्थापना गरिएको हो । माटो प्रयोगशाला नहुँदा मुगुका किसानले आफ्नो खेतबारीको माटोको गुणस्तर थाहा पाउन सकेका छैनन् । माटो परीक्षणपछि सोहीअनुसार किसानहरूले खेति लगाउने अपेक्षा  प्रयोगशाला नचल्दा अपुरै रहेको छ ।