साफ महिला च्याम्पियनसिप -बंगलादेशसँग पराजित हुँदै नेपाल फेरि उपविजेता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३०५ दिन अगाडि
साफ महिला च्याम्पियनसिप -बंगलादेशसँग पराजित हुँदै नेपाल फेरि उपविजेता

काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको उपाधि जित्न फेरि पनि असफल भएको छ ।

दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएपछि फेरि उपविजेता भएको छ । साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ पटक हो । बंगलादेशले छैटाैँ संस्करणकाे साफ महिला च्याम्पियनसिपकाे उपाधि जित्दै नयाँ ईतिहास रचेकाे छ । दशरथ रंगशालामा साेमबार भएकाे फाईनलमा १५ हजार बढी घरेलु दर्शक अघि नेपाललाई ३-१ ले पराजित गर्दै बंगलादेशले पहिलाे पटक साफ महिला च्याम्पियनसिपकाे उपाधि जितेकाे हाे ।