राष्ट्रपतिको कदमबारे छलफल गर्न प्रधानमन्त्रीले कानुनविदलाई बालुवाटार बोलाए

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३०९ दिन अगाडि
राष्ट्रपतिको कदमबारे छलफल गर्न प्रधानमन्त्रीले कानुनविदलाई बालुवाटार बोलाए

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे प्रधानमन्त्री शेरबहाखुर देउवाले कानुनविद्‌हरुसँग परामर्श गर्ने भएका छन् ।

त्यसका लागि प्रधानमन्त्री निवास वालुवाटारमा दिउँसो साढे ३ बजे कानुनविदहरूलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले  जानकारी दिए । उनका अनुसार १५/२० जना कानुन विद्हरुको प्रधानमन्त्री देउवाले छलफल गरी सुझाव लिने छन् । यसअघि सत्तारुढ गठबन्धनमा रहेका चार राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरी नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरिसकेको छ ।