धनगढीको भाटभटेनीमा सञ्चालित पेपे पिज्जालाई २ लाख जरिवाना

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३०३ दिन अगाडि
धनगढीको भाटभटेनीमा सञ्चालित पेपे पिज्जालाई २ लाख जरिवाना

काठमाडाै‌ । धनगढीको भाटभटेनी सुपर मार्केटमा सञ्चालित पेपे पिज्जा रेष्टुरेन्टलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

पेपे पिज्जाले बजार मूल्य भन्दा झण्डै दोब्बर मूल्यमा पानी र पेय पदार्थ बिक्री गरेकाले जरिवाना गरेको विभागका सूचना अधिकारी ललित पन्तले जानकारी दिए । उनकाअनुसार धनगढीकै जलसा होटल र रोस्यो घर हस्पिटालिटीलाई पनि विभागले दुई/दुई लाख जरिवाना गरेको छ । उनीहरुले पनि पानी र पेय पदार्थमा बढि मूल्य लिएको पाइएपछि जरिवाना गरिएको पन्तको भनाइ छ ।