काठमाडौं –
जननेता मदन भण्डारीको जीवनमाथि रहेर बनेको ‘कमरेड मदन भण्डारी’ गीतको टिजर सार्वजनिक भएको छ ।
आइतवार सार्वजनिक हुने उक्त गीतको टिजर नेपाल विशेषको युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।
शिशिर योगी र कोमल वलीको स्वर रहेको गीतको शब्द बुद्धिमान परियारले लेखेका हुन् । शिव गौतमको संगीत रहेको उक्त गीतको भिडियोमा सुमन कार्की, सारिका प्रासाईंलगायतको अभिनय रहेको छ ।
असोज ९ गते आइतवार नेपाल विशेषको अफिसियल युट्युव मार्फत सार्वजनिक हुने उक्त गीतको भिडियोलाई दिपेन बस्न्यात र रेहम दर्लामी मगरले छायांकन गरेका हुन् भने भिडियोलाई दिपेन बस्यान आफैले सम्पादन गरेका छन् ।
जननेता मदन भण्डारीको जीवन कथामाथि रहेर तयार गीतमा उनको दैनिकी तथा जीवन यापनमाथिको चित्रण गर्न खोजिएको छ ।