आइटी कम्पनी ‘अल्ट्राबाइट’ले मनायो आठौं वार्षिक उत्सव

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४९३ दिन अगाडि
आइटी कम्पनी ‘अल्ट्राबाइट’ले मनायो आठौं वार्षिक उत्सव

काठमाडौं - आइटी कम्पनी ‘अल्ट्राबाइट इन्टरनेसनल’ले स्थापनाको आठौँ वर्षगाँठ पूरा गरेको छ । नेपाली डिजिटल बजारमा उत्कृष्ट उपस्थिति जनाउँदै आएको कम्पनीले शुक्रबार आठौं वार्षिक उत्सव मनाएको हो । बद्लिदो समय, बढ्दो डिजिटल प्रयोग अनि प्रतिस्पर्धात्मक बजारमा आफूले तय गरेको ८ वर्षको यात्रा निकै उत्साहपूर्ण बनेका कम्पनीका सञ्चालक अमर भट्टराई वताउँछन् । भन्छन्, ‘हामीले स–सानो समूहसँग यात्रा सुरु गरेको झण्डै दशक पुग्न लागेछ । यो यात्रा निकै लाभदायक र उत्कृष्ट लागिरहेको छ’, उनी थप्छन्, ‘यस बीचमा हामीले थुप्रै प्रतिभावन व्यक्तिहरूसँग सहकार्य ग¥यौं र निरन्तर गरिरहेका छौं। यस अर्थमा आज अल्ट्राबाइट परिवार बनेको छ, परिवार भन्न सक्ने भएको छु।’ अनेकन चुनौतिलाई चिर्दै आइटी क्षेत्रमा कम्पनीको उपस्थिति बलियो बनाउँदैन, उपभोक्ताको रुची र चाहना पूरा गर्दै अघि बढिरहेको कम्पनीका सञ्चालका भट्टराई आफ्नो ८ वर्षे यात्राका सम्पूर्ण सारथीहरूप्रति आभारी छन् ।

सँगै नेपालको हुर्कदो डिजिटल बजारमा आफ्नो र कम्पनीका तर्फबाट योगदान पु¥याउन पाएकोप्रति उनी खुसी व्यक्त गर्छन् । विशेष गरेर वेबसाइट डिजाइन, सफ्टवेर डिभलपमेन्ट, डिजिटलमार्केटिङ लगायतका सर्भिस प्रदान गर्दै आएको कम्पनीले २५ देखि ३० जना बढीलाई रोजगारी प्रदान गर्दै आएको छ ।