लेटाङमा अपांगता भएकी किशोरी माथि बलात्कार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२९८ दिन अगाडि
लेटाङमा अपांगता भएकी किशोरी माथि बलात्कार

काठमाडाै‌ । मोरङको लेटाङ नगरपालिका– ९ मा शारीरिक रूपमा अपांगता भएकी किशोरीमाथि बलात्कार भएको छ ।

लेटाङ नगरपालिका–९ की १९ वर्षीया युवतीमाथि बलात्कार भएको हो । बलात्कार आरोपमा लेटाङ–३ का ५६ वर्षीय शरणबहादुर राईलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । राईले आफ्नो खेतमा बनाएको टहरोमा शनिबार राति किशोरीलाई लगेर बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरेको प्रहरीले बताएको छ । पीडित किशोरीका दुवै खुट्टा चल्दैनन् । हिँडडुल गर्न नसक्ने किशोरीलाई बोकेर टहरोमा लगेर करणी गरेको देखिएको प्रहरीले बताएको छ । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।