काँग्रेसमा मानुपातिकतर्फको विवाद मिलाउन बालुवाटारमा गृहकार्य !

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२९६ दिन अगाडि
काँग्रेसमा मानुपातिकतर्फको विवाद मिलाउन बालुवाटारमा गृहकार्य !

काठमाडाैं- मानुपातिकतर्फको विवाद मिलाउन नेपाली काँग्रेसले बालुवाटारमा गृहकार्य सुरु गरेकाे छ । 

विवाद मिलाउनका लागि आज बिहीबार  कांग्रेसको पदाधिकारी बैठक बालुवाटारमा बसिरहेको छ। बैठक कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा बसिरहेको एक नेताले जानकारी  दिएका  हुन्  ।

आयोगले कांग्रेसलाई लागि समानुपातिक सूची सच्याउने समय शुक्रबारसम्म दिएको छ। सूची सच्याउनका देउवाले तीन दिनदेखि निरन्तर बैठक राख्दै आएका छन्। पार्टीभित्रकै शेखर कोइराला समूहले दबाब बढाएपछि देउवाले सूची सच्याउन आफू तयार रहेको बताउँदै आएका छन्। शेखर कोइराला पक्षले समानुपातिक सूची तयार पार्दा आफूहरुलाई कम महत्त्व दिएको भन्दै पार्टीभित्रै विद्रोह गर्ने चेतावनी दिएका छन्। 

सत्ता गठबन्धनको बैठकसँगै सभापति देउवाले पार्टीभित्रको विवाद पनि मिलाएर मंसिर ४ गते निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवार तय गर्नुपर्ने छ।