शनिवार ‘बाबरी’को सुखद् व्यापार, आइतवार कस्ताे रहला व्यापार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२९३ दिन अगाडि
शनिवार ‘बाबरी’को सुखद् व्यापार, आइतवार कस्ताे रहला व्यापार

काठमाडाैं-  दशैंको अवसर पारेर शुक्रवारबाट प्रदर्शनमा आएको  फिल्म ‘बाबरी’ले सुखद् सुरुवात गरेको छ ।

 

 

शुक्रवारभन्दा शनिवार सार्वजनिक विदामा फिल्मको व्यापार सुखद् रह्यो । दुई ठूला विदेशी फिल्मको चुनौतीका वाजबूद पहिलो दिन देशभर ६० प्रतिशत अकुपेन्सी पाएको यस फिल्मले शनिवार ८०/८५ प्रतिशत दर्शक अकुपेन्सी कायम गरेकाे निर्माण टिमले बताएकाे छ ।

शनिवार विहानदेखि साँझसम्म काठमाडौंसहित मोफसलका मेजर मल्टीप्लेक्सहरुमा फिल्म हेर्ने दर्शकको उपस्थिति सुखद् थियो । सिंगल थिएटरमा पनि फिल्मले दर्शकको अभाव झेल्नु परेन । ‘वर्ड अफ माउथ’ बलियो मिलेकाले आइतवारबाट हलमा दर्शक थप बढ्नेमा निर्माण टिम विश्वस्त छ । आइतवारबाट दशैंको विदा पनि भएकाले फिल्मको व्यापार सुखद् रहने अपेक्षा गरिएको छ । 

त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको ‘बाबरी’मा अभिनेता द्वय धिरज मगर र धिरज नाडकरले उत्कृष्ट अभिनय गरेका छन् । धिरज नाडकरको यो डेब्यू फिल्म समेत हो । उनी एक समयकी चर्चित अभिनेत्री तृप्ति नाडकरका छोरा हुन् । उनी आफ्नो चरित्रमा जीवन्त बाँचेका छन् । त्यस्तै, अर्का धिरजले सानो राजासाहेबको भूमिकामा सम्झनलायक अभिनय गरेका छन् । 

निर्देशक सुरेन्द्र पौडेलकै कथा लेखन रहेको फिल्ममा अदिती बुढाथोकी, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतको पनि अभिनय छ । अदितीका बुबा-आमा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले फिल्मको निर्माण गरेका हुन् । नरेन्द्र मैनालीले फिल्मको छायांकन गरेका हुन् ।