अध्यक्ष ओलीले बुबा माेहनप्रसादबाट आफ्नै निवासमा टिका ग्रहण गर्दै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८९ दिन अगाडि
अध्यक्ष ओलीले  बुबा माेहनप्रसादबाट आफ्नै निवासमा टिका ग्रहण गर्दै

झापा - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बडा दशैंको टिका दमक स्थित निवासमा ग्रहण गर्ने भएका छन् । 

अध्यक्ष ओलीका बुबा मोहनप्रसाद ओलीबाट उनले र श्रीमति राधिका शाक्यले टिकाको साइत ११.५१ बजे दमक स्थित निवासमै टिका ग्रहणको कार्यक्रम रहेको बताईएकाे छ । 
अध्यक्ष ओलीले विहान ९ बजे देखि १० बजेसम्म इच्छुक सर्वसाधरणलाई टिका लगाइदिने कार्यक्रम तय गरिएकाे छ । तीन दिन देखि झापामा नै रहिरहेका अध्यक्ष ओली आज दिउसो  भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।