शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध उजुरी, प्रस्टीकरणका लागि मंगलबार २ बजेसम्मको समय सीमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४७८ दिन अगाडि
शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध उजुरी, प्रस्टीकरणका लागि मंगलबार २ बजेसम्मको समय सीमा

काठमाडाैं- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका देउवाको नागरिकताको जन्म मिति र मतदाता परिचयपत्रमा जन्ममिति फरक–फरक भएपछि उजुरी परेको हो ।

डडेल्धुरामा कांग्रेस वीपीबाट उम्मेदवार बनेका कर्णबहादुर मल्लले देउवाविरुद्ध उजुरी दर्ता गरेका हुन्को ।  नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्म मिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ट पार्न समय दिइएको छ । डडेल्धुरामा प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार उजुरीउपर स्पष्ट पार्न मंगलबार दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको हाे।

सूचना पाटीमा टाँसिएको व्यहोरालाई आधार मानेर प्रधानमन्त्री देउवाले उजुरीमाथि प्रमाण पेश गर्नुपर्नेछ ।