दीपक मनाङ्गे निर्विरोध निर्वाचित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८३ दिन अगाडि
दीपक मनाङ्गे निर्विरोध निर्वाचित

सङ्घीयता कायम भएपछिको दोस्रो प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रक्रियागत कार्यक्रम सञ्चालन भइरहेका छन् ।

हिमाली जिल्ला मनाङबाट प्रदेशसभा सदस्यमा दीपक मनाङ्गे (राजीव गुरुङ) निर्विरोध निर्वाचित भएका छन् । मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आज उम्मेदवारी फिर्ता लिएपछि मनाङ्गे निर्विरोध निर्वाचित भएका हुन । मनाङ्गे यसअघिकाे चुनावमा पनि स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य थिए। गुरुङ हाल गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री समेत छन् ।