२२ दिनदेखि उपचारत शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४३८ दिन अगाडि
२२ दिनदेखि उपचारत शताब्दी पुरुष  जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

काठमाडौं - शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको अस्पतालले जनाएको छ ।

किष्ट अस्पतालले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उहाँलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेकाले औषधि चलाए पनि काम नगरेकाले उहाँको अवस्थामा सुधार नभएको उल्लेख छ ।

शुक्रबारदेखि एल्बुमिन रिप्लेसमेन्ट गर्न उहाँलाई औषधि चलाइएको अस्पतालले जनाएको छ । निमोनिया र मुटुरोगसँगै पछिल्लो समय डेंगु संक्रमण देखिएपछि जोशी २२ दिनदेखि उपचारत हुनुहुन्छ ।