डा केसीसँग भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णय

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८१ दिन अगाडि
डा केसीसँग भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं- सरकारले चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीसँग गत असोज ८ गते गरेको सहमति कर्यान्वयनमा लैजाने निर्णय गरेको छ।

मन्त्रिपरिषदको बैठकले डा केसीसँग गरेको सहमतिको अनुमोदन गरी कार्यान्वयनमा लैजने निर्णय गरेको हो।

स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधारका माग राख्दै डा केसीले धनगढीमा २०औं अनसन सुरु गरेका थिए। भदौ २७मा अनसन सुरु गरेका डा केसीसँग सरकारले १३औं दिनमा १० बुँदे सहमति गरेको थियो। 

यसैगरी, मन्त्रिपरिषद बैठकले औषधिसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।