तत्काल युक्रेनविरुद्ध थप ठूलो आक्रमण आवश्यक छैन : पुटिन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८१ दिन अगाडि
तत्काल युक्रेनविरुद्ध थप ठूलो आक्रमण आवश्यक छैन :  पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध ‘तत्कालका लागि’ थप ‘ठूलो’ आक्रमणको योजना नरहेको र क्रेमलिनको उद्देश्य पश्चिमा समर्थित देशलाई ‘नष्ट’ गर्नु नभएको बताएका छन् ।

कजाकिस्तानमा पूर्व सोभियत राष्ट्रहरूको शिखर सम्मेलनपछि पत्रकारहरूसँग उनले भने, “अहिले ठूलो आक्रमणको आवश्यकता छैन । अहिलेका लागि त्यहाँ अन्य कामहरू आवश्यक छन् ।” रूसले युक्रेनको राजधानी कीभलगायत सम्पूर्ण क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको केही दिनपछि उनले सो कुरा बताएका हुन् । 

फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाएका पुटिनले मित्रराष्ट्रहरूबाट समेत अलगाव र आलोचनाको सामना गरिरहेका छन् ।  तर युक्रेनमा सरकार ढाल्ने असफल प्रयास र हप्तौंदेखिको क्षेत्रीय क्षतिका बावजुद रूसले ‘सबै कुरा ठीक गरिरहेको’ उनले बताए । 

उनले भने, “आज जे भइरहेको छ, त्यो सुखद छैन । यदि रूसले फेब्रुअरीमा आक्रमण नगरेको भए हामी पनि त्यस्तै अवस्थामा हुने थियौं । केवल हाम्रो लागि स्थिति खराब हुने थियो ।”  रूसी नेता पुटिनले थपे, “त्यसैले हामी सबै कुरा ठीक गरिरहेका छौं।” 

रासस/एएफपी