नुवाकोट - नुवाकोट क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका सुमन विक्रम पाण्डेले आफ्नो घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।
जनताका घर–घरमा पुगेर उनीहरूका बिचार, गुनासा र प्रतिक्रिया लिँदै पाण्डेले आफ्नो चुनाबी अभियानलाई तिव्रता दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत घण्टी चुनाव चिन्ह लिएर निर्वाचनमा हुमिएका पाण्डे आफूसँग भएको अनुभवलाई युवा पुस्तामाझ साट्दै दैनिक जीवनमा उनीहरूलाई आइपर्ने समस्या र आवश्यकताको समेत पहिचान गर्दै उनी घरदैलो अभियानमा हिँडेका हुन्।
पुस्तौँ पुस्तादेखि जनताले काँग्रेस, एमाले, माओवादी जस्ता दल र तिनकै प्रतिनिधिहरूलाई मतदान गरेर सत्ता र शक्तिमा पु¥याएपनि उनीहरूबाट देशले र यो देशका जनताले परिवर्तन महशुस गर्न नसकेको उम्मेदवार पाण्डेको बुझाइ छ । त्यसैले देश र जनताको विकल्प राष्ट्रिय स्वतन्त्र पार्टी रहेको र नुवाकोटको समृद्धी र विकासको विकल्पका रूपमा लामो समयको सफल व्यावसायिक अनुभवसहित चुनावी मैदानमा उत्रिएर जनतासमक्ष पुगेको पाण्डेको बताउँछन्।
यही परिवर्तनको बिगुल फुक्दै, विकास र समृद्धिको वास्तविक मोडेलका बारेमा बुझाउँदै, नागरिकलाई सुसुचित गर्दै पाण्डेको टिम यतिबेला नुवाकोट क्षेत्र नं. २ मा घरदैलो अभियानमा व्यस्त बनेको छ।