ट्वीटरका आधा कर्मचारी कम्पनीबाट हटाइए

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२५९ दिन अगाडि
ट्वीटरका  आधा कर्मचारी  कम्पनीबाट हटाइए

 सामाजिक सञ्जाल ट्वीटरले आफ्ना ७ हजार ५ सय कर्मचारी मध्ये आधालाई कम्पनीबाट हटाएको छ।

एएफपी अनुसार कम्पनीले शुक्रबार ५० प्रतिशत कर्मचारी कटौती गरेको हो। मस्कले लागत घटाउनको लागि ट्वीटर इंकमा आधा कार्यबल कटौती गर्ने बताउँदै आएका थिए 

यसअघि ट्विटरका एकमात्र निर्देशक र सीईओ मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जाल काम गर्न अख्यितार प्रदान गरेको विवरण सार्वजनिक भएको थियो । यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन्।

कम्पनीले चार मिलियन डलर गुमाएकोले कर्मचारी कटौती गर्नुपरेको मस्कले बताएका छन् ।

मस्कले गत अक्टोबर २८ मा ट्वीटरको ४४ अर्ब डलरमा ट्वीटरको स्वामित्व लिएका उनले अब ट्वीटरमा निलो टिकबापत् व्लु टिक प्राप्त प्रयोगकर्ताले मासिक ८ डलर तिर्नुपर्ने घोषणा समेत गरिसकेका छन् ।

एजेन्सी