एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट आमा बनेकी छिन् ।
रणवीर कपुर र आलिया भट्टको घरमा छोरीको जन्म भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आलिया भट्टको सी-सेक्शन डेलिभरी भएको छ। तर, यसबारेमा आधिकारिक जानकारी भने आइसकेको छैन । मिडियाका अनुसार आइतबार बिहान ७.३० बजे रणवीर कपुर पत्नी आलिया भट्टसँग मुम्बईको एचएन रिलायन्स अस्पताल पुगेका थिए । यो त्यही अस्पताल हो जहाँ रणवीरका पिता ऋषि कपुरले अन्तिम सास फेरेका थिए । आमा आलिया र छोरी दुवै स्वस्थ रहेको बताइएको छ । आलिया र रणवीरले पाँच वर्ष एकअर्कालाई डेट गरेका थिए यो जोडीले सन् २०२२ को अप्रिलमा यो सम्बन्धलाई विवाहमा परिणत गरेका थिए ।