देशलाई निकास दिन राप्रपाले नेतृत्व गर्नुपर्छ -अध्यक्ष लिङ्देन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२५४ दिन अगाडि
देशलाई निकास दिन राप्रपाले नेतृत्व गर्नुपर्छ -अध्यक्ष लिङ्देन

 काठमाडाै‌ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई निकास दिन राप्रपाले नेतृत्व गर्नुपर्ने बताए ।

सिन्धुपाल्चोकको मेलम्चीमा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनलाई सीमित राजनीतिक दलको चक्रब्युबाट देशलाई मुक्त गराउनुपर्ने बताए । उनले देश र जनताको भविष्य बनाउने भएकाले मंसिर ४ को निर्वाचनलाई गम्भिर रुपमा लिन आग्रह गरे ।

उनले देश ठुला भनिएका पार्टी र नेताहरुको बन्दकमा परेको आरोपसमेत लगाउनुभयो । राप्रपाका बरिष्ठ नेता पशुपति शमशेर राणाले आफूले पनि लिङदेनसँगै संसदमा पुगेर सुनौलो देश निर्माणको लागि खबरदारी गर्ने बताए ।