काठमाडाै । फिल्म ‘डेसान’को टिजर रिलिज गरिएको छ ।
बिहिबार प्रेसमिट गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो । टिजरमा पारिवारिक प्रेम र पिडालाई प्रस्तुत गरिएको छ । फिल्म ‘डेसान’ लाई कमल एक्चाइ मगरले निर्देशन गरेका हुन् । फिल्ममा नम्रता सापकोटा, भोलाराज सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले लगायत कलाकारहरुको अभिनय छ । टिजरमा नम्रता बोल्ड भूमिकामा प्रस्तुत भएकी छिन् । कृष्णलाल मगर कार्यकारी निर्माता रहेको फिल्मलाई चक्र बहादुर मगरले खिचेका हुन् । डेसान मंसिर २३ देखि प्रदर्शनमा आउँदैछ ।