गठबन्धनले विद्यालयमा चुनावी सभा गरेपछि आयाेगले माग्याे स्पस्टिकरण

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२५४ दिन अगाडि
गठबन्धनले विद्यालयमा चुनावी सभा गरेपछि आयाेगले माग्याे स्पस्टिकरण

काठमाडौं - दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा रहेको गोकुलेश्वर उच्च माध्यामिक विद्यालयमा सत्ता गठबन्धनले चुनावी सभा गरेपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

विद्यालयमा नेपाली कांग्रेस र माओवादी केन्द्रले निर्वाचन प्रचारप्रसारको लागि चुनावीसभा आयोजना गरेको आयोगले जनाएको छ ।

आयोगले विद्यालयका प्रधानाध्यापक जनञ्जय जोशी, त्यस क्षेत्रमा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उमेदवार तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, प्रदेश सभाअन्तर्गत दार्चुला १ (१)मा कांग्रेसका उमेदवार विक्रम सिंह धामी र प्रदेशसभा १ (२)मा माओवादी केन्द्रका उमेदवार तथा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीलाई स्पष्टीकरण सोधेको हाे ।

आयोगले दार्चुलाका निर्वाचन अधिकृतलाई यस घटनाबारे आवश्यक कारबाही गर्न निर्देशनसमेत दिएको छ । आयोगले प्रमुख जिल्ला अधिकारीलाई चार दिनभित्र यस घटनाको प्रतिवेदन पेस गर्न समेत निर्देशन दिएको छ ।