निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुगेकाे आयाेगकाे दावी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२५४ दिन अगाडि
निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुगेकाे आयाेगकाे दावी

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्‍याएको बताएको छ।

बुधबार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याएसँगै देशभरका  प्रतिनिधि सभातर्फका १६५ तथा प्रदेश सभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको आयोगले बताएको छ।

निर्वाचन आयोगले यसअघि तय गरेको कार्यतालिकाभन्दा अगावै मतपत्र छपाइ तथा ढुवानी सम्पन्न गरेको पनि उल्लेख गरेको छ।