चितवनमा चुनाव प्रचारमा रहेको उमेश श्रेष्ठको गाडी तोडफोड

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४६९ दिन अगाडि
चितवनमा चुनाव प्रचारमा रहेको उमेश श्रेष्ठको गाडी तोडफोड

 काठमाडाै‌ । चुनाव प्रचारमा रहेको चितवन क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ ।

श्रेष्ठको कार भरतपुरमा तोडफोड भएको हो । अपरिचित समूहले आज बिहान ११ बजेतिर बा ३ च २०५० नम्बरको प्राडो कारमा तोडफोड गरेको प्रहरीले जनाएको छ । गाडी रोकेर भेटघाटमा रहेको बेला तीन वटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको प्रहरीको भनाइ छ । प्रहरीले गाडी तोडफोडमा संलग्नको पहिचान नखुलेको र उनीहरुको खोजी भइरहेको जनाएको छ ।