आफैले आफैलाई मत दिन नपाएका रवि !

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४३८ दिन अगाडि
आफैले आफैलाई मत दिन नपाएका रवि !

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरेका छन् ।

उनले आईतवार बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गरेका हुन । सभापति लामिछानेले प्रदेश सभा सदस्यामा भने मत दिएनन् । मत हालिसकेपछि संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै लामिछानेले अहिलेको प्रदेश संरचनालाई नसुधारेसम्म आफू प्रदेश सभाको मतदानमा सहभागी नहुने बताएका छन् ।

उनले अहिलेको प्रदेश सभा धेरै खर्चिलो र जनमुखी सेवा प्रवाह गर्ने नभएकाले प्रदेश सभामा आफू सहभागी नबनेको बताए। चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार लामिछानेले मतदाता नामावलीमा नाम चितवनमा नभएकाले आफूले आफैंलाई मत हाल्न पाएनन् ।