गुल्मिमा विवादका कारण मतदान स्थगित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२४५ दिन अगाडि
गुल्मिमा विवादका कारण मतदान स्थगित

गुल्मी - गुल्मीकाे क्षेत्र नम्बर २ अन्तर्गत मालिका गाउँपालिका-५ काे छापहिले माध्यमिक विद्यालयमा भइरहेकाे मतदान स्थगित भएकाे छ ।

बिहान मतदान सुरु भएकाे केही समयपछि प्रत्यक्ष र समानुपातिक मतपत्र अघिपछि गराइएकाे भन्दै  सत्तारूढ गठबन्धनका कार्यकर्ताले विराेध गरेपछि बिहान साढे ८ बजेदेखि मतदान स्थगित भएकाे हाे ।

मतदान स्थलमा केही समय नाराबाजी भएकाे थियाे । अहिले विवाद समाधानका लागि छलफल भइरहेकाे जनाइएकाे छ।