काठमाण्डाै - रौतहटमा तीन राउण्ड गोली चलेको छ । गुजरा नगरपालिकाको कनकापुर र गरुडामा गोली चलेको हो ।
प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा गरुडामा दुई राउण्ड गोली चलेको बताइएकाे छ । प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीका अनुसार कनकापुरमा भने मतदान केन्द्रमा हुलहुज्जत हुँदा एक राउण्ड गोली फायर गरिएको छ । स्थितिलाई नियन्त्रणमा लिन सुरक्षा सतर्कता बढाइएको बताइएकाे छ ।