माधव नेपालद्धारा मतदान

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४६५ दिन अगाडि
माधव नेपालद्धारा मतदान

रौतहट - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि तथा प्रदेश सभा सदस्य चयनका लागि मतदान गरेका छन् ।

 

उनलेआईतबार बिहान रौतहटको सदरमुकाम गौर स्थित श्रीराम जानकि कन्या आधारभुत विधालयमा रहेको मतदान केन्द्रबाट पहिलो मतदाताको रुपमा मतदान गरेका हुन। नेपाल रौतहट क्षेत्र नम्बर –१ बाट प्रतिनिधि सभामा उम्मेदवार समेत हुन ।

निर्वाचन आयोगले मतदानका लागि देशैभर बिहान ७ बजेदेखि बेलुका ५ सम्मको समय तोकेको छ । देशैभर उत्साहका साथ मतदाताले मतदानमा भाग लिइरहेका छन् ।