मतदान केन्द्रभित्रै पटका पड्काइएपछि !

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२४३ दिन अगाडि
मतदान केन्द्रभित्रै पटका पड्काइएपछि !

मतदान केन्द्रभित्रै पटका पड्काइएपछि मोरङको बुढीगंगामा मतदान स्थगित भएको छ । 

बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा बम विस्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।  लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विस्फोटको ठुलो आवाज आएको थियो । 

विस्फोटको आवाजसँगै मतदाताबीच भाग दौड मच्चिएको छ । पुनः मतदान सुरु गर्ने तयारी भइरहेको पनि प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी गराएका छन् । 

 उनले भने ‘मतदान केन्द्रभित्र कसले पटका लग्यो र पड्कायो भन्ने बारेमा यकिन हुन बाँकी रहेको छ ।’