काठमाडौं - कलाकार एवम् निर्माता निर्मल शर्माले अब आफू सक्रिय राजनीतिमा लाग्ने बताएका छन् ।
आइतबार काठमाडौं क्षेत्र नम्बर ४ को सिफल मतदान केन्द्रमा मतदान गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘अब सक्रिय राजनीतिमै लाग्नेछु,’ उनले भने, ‘पाँच वर्षमा चुनाव उठ्ने गरी आवश्यक तयारीमा लाग्छु ।’ उनले कुन दलबाट राजनीतिमा लाग्ने भन्ने कुरा भने खुलाएका छैनन् ।