अहिलेसम्म ४६ प्रतिशत मत खस्याे

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२४४ दिन अगाडि
अहिलेसम्म ४६ प्रतिशत मत खस्याे

काठमाण्डाै – आज आइतवार भइरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत देशभर अहिलेसम्म ४६ प्रतिशत मत खसेकाे छ ।

 आज दिउँसो काठमाण्डाै उपत्यकाका विभिन्न मतदान स्थलको अवलोकन गर्दै गृह मन्त्रालयका सचिव विनाेदप्रकाश सिंहले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी पाएको बताएका छन् ।

सचिव सिंहले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थितरूपमा मतदान भइरहेको पाएको बताए । मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान फेरि सुरु गराउन पहल गरिरहेको र कतिपय ठाउँमा फेरि मतदान सुरु भइसकेकाे उनकाे भनाइ छ । उनले मतपेटिका ढुवानीका लागि आवश्यकताअनुसारका गाडी तैनाथ राखिएको पनि बताए ।

सचिव सिंहसहितको प्रमुख सुरक्षा अधिकारीहरूको टोलीले काठमाण्डाै, भक्तपुर र ललितपुरका विभिन्न मतदान केन्द्रहरूको स्थलगत अवलोकन गरेकाे हाे । निरीक्षणका क्रममा मतदान स्थलमा मतदाताले उत्साहित भएर मतदान गरिरहेको पाएको सिंहले बताएका छन् ।