अबको पाँच वर्षमा हुने निर्वाचनमा मलाई पनि उम्मेदवारको रुपमा देख्न पाउनुहुनेछ: हमाल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२४३ दिन अगाडि
अबको पाँच वर्षमा हुने निर्वाचनमा मलाई पनि उम्मेदवारको रुपमा देख्न पाउनुहुनेछ: हमाल

काठमाडाैं- अभिनेता राजेश हमालले अबकाे पाँच बर्षपछि आफु राजनीतिमा आउने बताएका छन् । 

 हमालले अबको पाँच वर्षमा हुने निर्वाचनमा आफू उम्मेदवार बन्ने घोषणा गरेका छन् । आइतवार भइरहेको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट भोट खसालेपछि उनले अब राजनीतिमा सक्रिय हुने बताएका हुन् ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भने, ‘अबको पाँच वर्षमा हुने निर्वाचनमा मलाई पनि उम्मेदवारको रुपमा देख्न पाउनुहुनेछ ।’ उनले कुन तहको निर्वाचन, कुन राजनीतिक दल र कहाँबाट उम्मेदवार बन्ने भन्ने बताएका छैनन् । यसपालिको चुनावले नेपालको राजनीतिमा ठूलो परिवर्तन आउने उनको विश्वास छ । आफूले पनि परिवर्तनको पक्षमा मतदान गरेको उनको बताए ।

गत स्थानीय निर्वाचनमा पनि हमालले आगामी निर्वाचनमा आफू कुनै भूमिकामा देखिन सक्ने संकेत गरेका थिए । उनलाई विभिन्न पार्टीले हरेक निर्वाचनमा उम्मेदवारको प्रस्ताव राख्ने गरेका छन् । तर, अहिलेसम्म उनी कुनै राजनीतिक दलप्रति खुलेका छैनन् ।