आम निर्वाचन : कहाँ कति गाेली चल्याे ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२४३ दिन अगाडि
आम निर्वाचन : कहाँ कति गाेली चल्याे ?

काठमाडाैं -   प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन मतदानकाे निर्धारित समय सकि सकेकाे छ।

मतदानका क्रममा देशभरका केही मतदानस्थलमा झडप हुनुकाे साथै गाेली समेत चलेकाे छ ।

केही स्थानमा मतदान नै स्थगित भएको निर्वाचन आयाेगले जनाएकाे छ । निर्वाचन चलिरहँदा देशका कतिपय स्थान स्थलमा हवाई फायर हुनुकाे साथै गाेली चलेको हाे ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा एसएसपी दान बहादुर कार्कीले एघारा जिल्लाकाे १९ स्थानमा गाेली चलेकाे जानकारी द‍िएका छन् ।

उनका अनुसार प्रदेश १ को ताप्लेजुङमा १ स्थानमा गोली चलेको छ । त्यस्तै मधेश प्रदेशको सिरहास्थित मिर्चैया बडहरामालमा, राैतहटकाे गुजरा-४ मा गोली चलेकाे बताएका छन् ।

त्यसैगरी बागमती प्रदेशको चितवन, दोलखाको तामाकोशी गुम्बेश्वरी मावि, जिरी-९ स्थित कालिका मावि चिपचिपे, तामाकोशी २ अमर मावि भत्तेर चौर, जनज्योति मावि बैतेश्वर, कालापानी मावि जफे, कालिनचाेक गाउँपालिका १ वडा कार्यालय बेगुम्पा, सुर्योदया प्रावि भदौरेमा गोली फायरिङ भएको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।

त्यस्तै गण्डकी प्रदेशस्थित स्याङ्जाको चापाकोट नगरपालिका-१ भानु मावि आदी चौघेरा, गल्याङ नगरपालिकास्थित आदर्श माविमा गोली चलेको छ ।

त्यसैगरी कर्णाली प्रदेशको हुम्लास्थित देवकोटा मावि कुनापानी र मान्धारा मावि भकुण्डामा समेत गोली चलेको एसएसपी कार्कीले बताएका छन् ।

त्यस्तै स्दूरपश्चिम प्रदेशस्थित बाजुरा जिल्लाका स्वामीकार्तिक, छेडेदह, कैलाशेवरी मावि मना, सत्य मावि पाण्डुसैन र धुरालसेरा मावि डुगरीमा समेत गोली फायरिङ भएको छ ।

त्यस्तै डोटीको राधाकृष्ण मावि गोपघाट, दार्चुलाको मालिकार्जुन मावि र बझाङको मष्टा आधार मावि बरेलथुममा समेत गरी देशभर कूल १९ स्थानमा गोली चलेको छ बताइएकाे छ ।