आम निर्वाचन : मतदान स्थलमा गाेली चल्दा एकको मृत्यु, तीन घाइते

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२४३ दिन अगाडि
आम निर्वाचन : मतदान स्थलमा  गाेली चल्दा एकको मृत्यु, तीन घाइते

काठमाडाैं - बाजुराकाे एक मतदान स्थलमा प्रहरीले गाेली चलाउँदा एक जनाकाे ज्यान गएकाे छ ।

त्रिवेणी नगरपालिका ७ स्थित दम्था मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको जिल्ला प्रहरीले जनाएकाे छ । मृतकको शव अहिले मतदान स्थलमा रहेको विद्यालयमा राखिएको छ ।

मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो । त्यस्तै प्रहरी हवल्दार कृष्ण कुँवरसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया र खडक अएडी रहेका छन् ।

घाइते तीनै जनालाई अहिले नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ । एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले हवाइ फायर गरेको उल्लेख छ।