काठमाडौं - काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि मात्रै सबै प्रकारका सवारी साधन चल्न पाउने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
परिसरका अनुसार मतदान सकिए पनि मतपेटिका संकलनको कार्य अझै जारी रहेकोले अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा लगाइएको रोक यथावत छ ।
‘अत्यावश्यक बाहेकका सवारी आवगमनमा लगाइएको रोक ७ बजेसम्म कायम नै रहने छ,’ परिसरका एसपी दिनेश कोइरालाका अनुसार, ‘त्यस अघि पास बाहेकका सवारी साधन नचालाइलिन अनुरोध गर्दछौं ।’
मतदान सकिए लगत्तै सवारी खुलेको भन्दै सडकमा निस्किनेहरु बढ्दा व्यवस्थापनमा कठिनाइ भएको पनि एसपी मैनालीले जानकारी दिएका छन् ।