मधेशमा समानुपातिकतर्फ जनमत अगाडि, जसपा पाँचौं स्थानमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२४३ दिन अगाडि
मधेशमा समानुपातिकतर्फ जनमत अगाडि, जसपा पाँचौं स्थानमा

काठमाडौं । मधेश प्रदेशमा समानुपातिकतर्फ जनमत पार्टी पहिलो स्थानमा पुगेको छ ।

निर्वाचन आयोगद्वारा मंगलबार ११:१५ मा अद्यावधिक विवरण अनुसार जनमत पार्टीले २ हजार ६४४ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस २ हजार २२८ मतसहित दोस्रो स्थानमा छ ।

नेकपा एमालेले २ हजार २०० मत ल्याउँदा नेकपा माओवादी केन्द्रले १ हजार २३८ मत प्राप्त गरेको छ । पाँचौं स्थानमा पुगेको जनता समाजवादी पार्टीले १ हजार ८३ मत प्राप्त गरेको छ ।