गगनले जिते काठमाडौं ४ मा,भारी मतले विजयी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२४१ दिन अगाडि
गगनले जिते काठमाडौं ४ मा,भारी मतले विजयी

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर –४ बाट प्रतिनिधि सभामा नेपाली काँग्रेसका गगन थापा विजयी भएका छन् ।

गत आइतवार प्रतिनिधि र प्रदेश सभाका लागि देशैभर मतदान भएको थियो । मंगलबार बिहान सकिएको मतगणनमा एमालेका उम्मेवारलाई हराएर थापा विजयी भएका हुन् । थापाले २१ हजार ३०२ मत प्राप्त गर्दा एमालेका राजन भट्टराईलाई १३ हजार ८५५ मत आएको थियो ।
२०७४ सालको निर्वाचनमा पनि थापा र भट्टराई प्रतिस्पर्धामा थिए । काठमाडौं –४ निकै चर्चामा समेत रहेको थियो ।