रुपन्देही-२ मा विष्णु पौडेलले लिए अग्रता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२४१ दिन अगाडि
रुपन्देही-२ मा विष्णु पौडेलले लिए अग्रता

रुपन्देही २ प्रतिनिधिसभा तर्फ जारी मतगणनामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई उछिन्दै  पौडेलले अग्रता लिएका हुन् । 

पौडेलले ५३११ मत प्राप्त गरेका छन् । यसैगरी सुरुवात देखिनै अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले पछिल्लो गणनामा दोस्रो स्थानमा रहँदै ५१३६ मत प्राप्त गरेका छन् । यसैगरी गठबन्धन दल राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले ४०६० मत प्राप्त गरेका छन् । अहिलेसम्म १५ हजार ५७९ मत गणना भएको छ ।