हुम्लामा ४ दिनपछि हेलिकप्टरबाट मतपेटिका सदरमुकाम ल्याइयो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२४० दिन अगाडि
हुम्लामा ४ दिनपछि हेलिकप्टरबाट मतपेटिका सदरमुकाम ल्याइयो

काठमाडाै‌ । हिमाली जिल्ला हुम्लामा निर्वाचन सकिएको चार दिनपछि मतपेटिका सदरमुकाम ल्याइएको छ ।

सर्केगाड गाउँपालिकाको केन्द्रमा थन्किएको १३४ मतपेटिका आज नेपाली सेनाको हेलिकप्टरबाट सदमुकाम सिमकोट पुर्‍याइएको हो । प्रदेश १ का ३४ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट सदमरमुकाम सिमकोट ल्याइपुर्‍याएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए । सबै केन्द्रका मतपेटिका संकलन भइसकेकोले आजै दिउँसो सर्वदलीय बैठक बस्ने तयारी गरिएको छ ।