काठमाडाै । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
प्राप्त मत परिणामअनुसार झापा २ को प्रदेश १ मा नेकपा एमालेका एकराज कार्कीले १८ हजार ७३१ मत प्राप्त गरी विजय भएका निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए ।
विजयी कार्कीका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका पुष्पराज पोखरेलले ६ हजार १०१ मत प्राप्त गरेका छन् । कार्की र पोखरेलको मतान्तर १२ हजार ६५१ मत रहेको छ ।
झापा क्षेत्र नं. २ को प्रदेशसभा १ मा ३८ हजार ५४८ मत खसेको थियो । जसमा ती हजार ३३० मत बदर भएको निर्वाचन अधिकृत पन्तले जानकारी दिए । कार्कीले जीतसँगै दोस्रो पटकको प्रदेशसभाको यात्रा तय गरेका छन् ।