काठमाडाै । ललितपुर क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले फराकिलो अग्रता कायम गरेकी छन् ।
पछिल्लो अपडेटअनुसार घण्टी चुनाव चिह्न तोसिमाले १८ हजार ४७७ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अमृत खड्काले नौ हजार ४२२ मत पाएका छन् । उनीहरूबीचको मतान्तर नौ हजार ५५ रहेको छ । सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले ६ हजार ४२५ मत पाएकी छन् ।