मोरङ -५ को प्रदेश १ मा गनगाँई निर्वाचित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२४१ दिन अगाडि
मोरङ -५ को प्रदेश १ मा गनगाँई निर्वाचित

काठमाडाै‌ । मोरङ निर्वाचन क्षेत्र नं ५ प्रदेशसभा १ बाट नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाँई निर्वाचित भएका छन् । 

निर्वाचन अधिकृत गणेश नायकअनुसार निर्वाचित गनगाँई १४ हजार ८४३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सन्तोषकुमार साहले नौ हजार ४०५ मत प्राप्त गरेका छन् । साथै, स्वतन्त्र उम्मेदवार रुपेशकुमार मण्डलले तीन हजार ९७९ मत प्राप्त गरेको निर्वाचन अधिकृत नायक जानकारी दिए ।