काठमाडाै । ओखलढुंगामा सत्तागठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामहरी खतिवडा निर्वाचित भएका छन् ।
उनले नेकपा एमालेका यज्ञराज सुनुवार ६ हजार ८१८ मतान्तरले पराजित गरेका हुन् । कांग्रेसका रामहरी खतिवडाले ३३ हजार ५५६ मत ल्याएका छन् । त्यस्तै उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका यज्ञराज सुनुवारले २६ हजार ७३८ मत ल्याएका छन् । ओखलढुंगामा विभिन्न दल र स्वतन्त्र गरी ८ जनाबीच प्रतिस्पर्धा भएको थियो ।