२८ हजार भन्दा बढी मतले पछि पार्दै एमाले अध्यक्ष ओली निर्वाचित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२४१ दिन अगाडि
२८ हजार भन्दा बढी मतले पछि पार्दै एमाले अध्यक्ष ओली निर्वाचित

काठमाडाैं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरसहित झापा ५ बाट प्रतिनिधिसभामा विजयी भएका छन् ।

विपक्षी गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै ओली निर्वाचित भएका हुन् ।

मतगणनाको अन्तिम परिणाम अनुसार ओलीले ५२ हजार ३१५ मतले विजय हासिल गर्दा नेपाली काँग्रेसका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४१ मत पाएका छन् । उनीहरुबीच २८ हजार ५७४ मतको अन्तर रहेको छ। २०७४ को निर्वाचनमा पनि ओलीले अधिकारीलाई नै पराजित गरेका थिए ।