काठमाडौं - भक्तपुर क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा क्षेत्री विजयी भएका छन् ।
आज बिहीबार बिहान सकिएको मत गणनामा थापाले नेकपा एमालेका महेश बस्नेतलाई ९५७ मतान्तरले पराजित गरेका हुन ।
सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २४ हजार २३९ मत पाउनुभयो भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २३ हजार २८२ मत प्राप्त गरे । यस्तै, नेमकिपाकी अनुराधा थापा मगरले ७ हजार १२७ मत प्राप्त गरिन ।
कूल ९१ हजार ९११ मतदाता रहेका यस क्षेत्रमा ६५ हजार ९१९ मत खसेको थियो ।
भक्तपुर–२ मा वि.सं. २०४६ मा बहुदल पुनःस्थापनापछि कांग्रेस, नेमकिपा र नेकपा (एमाले) ले पालैपालो जित्दै आएका छन् । २०७४ सालमा भने एमालेका बस्नेत कांग्रेसका दमननाथ ढुंगानालाई पराजित गरी विजयी भएका थिए ।