निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा बढ्याे - अध्यक्ष ओली

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२४० दिन अगाडि
निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा बढ्याे - अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको बताएका छन् । 

झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकस्थित निर्वाचन आयोगमा प्रमाणपत्र ग्रहण गर्दै सो धारणा व्यक्त गरेका हुन् । 

पूर्वप्रधानमन्त्री ओलीले नेकपा (एमाले)ले मुलुकमा स्थिरता, स्थायित्व कायम गर्न खोजेको तर त्यसअनुसार निर्वाचनको परिणाम भने नआएकाले मिलीजुली सरकार बनाउनेतर्फ राजनीतिक पार्टी लाग्नुपर्ने अवस्था सिर्जना भएको बताएका हुन । 

उनले अबको एक–दुई वर्ष बहुमतको सरकार बनाउन गाह्रो हुने र बहुमतको सरकार बनिहाले पनि टिकाउन गाह्रो हुने बताए ।

यो निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा बढेको उनकाे तर्क छ ।