क्यामरुनलाई पराजित गर्दै स्विट्जरल्याण्डकाे विजयी सुरुवात

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४३४ दिन अगाडि
क्यामरुनलाई पराजित गर्दै स्विट्जरल्याण्डकाे विजयी सुरुवात

एजेन्सी -  स्विट्जरल्याण्डले क्यामरुनलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ ।

कतारको अल जानुब स्टेडियममा आज भएको खेलमा क्यामरुनलाई १–० गोलले हराउँदै स्विट्जरल्याण्डले विजयी सुरुआत गरेको हो ।

स्विट्जरल्याण्डको जितमा ब्रिल एम्बोलोले गरेको एक गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको ४८ औँ मिनेटमा साकिरीको पासमा गोल गरेका थिए ।
यस जितसँगै समूह ‘जी’ मा रहेको स्विट्जरल्याण्डले ३ अङ्क जोडेको छ । समूह जी अन्तर्गत आज हुने अर्को खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले सर्बियाको सामना गर्नेछ । त्यसैगरी समूह एच  पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ । याे खेल नेपाली समयानुसार राति ९:४५ बजे हुनेछ भने अर्काे खेल राति १२:४५ मा हुनेछ ।