सर्लाही निर्वाचन क्षेत्र-४ बाट स्वतन्त्र उम्‍मेदवार डा. सिंह निर्वाचित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२४० दिन अगाडि
 सर्लाही निर्वाचन क्षेत्र-४ बाट  स्वतन्त्र उम्‍मेदवार डा.  सिंह निर्वाचित

 सर्लाही निर्वाचन क्षेत्र-४ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्‍मेदवार डा. अमरेश कुमार सिंह निर्वाचित भएका छन् ।

 निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार नागेन्द्र कुमार रायलाई १ हजार ७६५ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
सिंहले २० हजार १७ मत पाउँदा उनका प्रतिस्पर्धी रायले १८ हजार २५२ मत मात्र प्राप्त गर्न सके।

यस्तै अर्की स्वतन्त्र उम्‍मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६२२ मत  मात्रै ल्‍याइन् ।