सुर्खेत १ बाट कांग्रेस उपसभापति खड्का निर्वाचित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२३९ दिन अगाडि
सुर्खेत १ बाट कांग्रेस उपसभापति  खड्का निर्वाचित

सुर्खेत क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका खड्का एमालेका ध्रुवकुमार शाहीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

खड्काले ४२ हजार ६०७ मत ल्याएर विजयी भएका छन् भने एमालेका शाहीले ३० हजार ९८८ मत ल्याएर पराजित भएका छन् । सुर्खेत क्षेत्र नम्बर २ बाट हृदयराम थानी यसअघि नै निर्वाचित भइसकेका छन् ।