उरुग्वेलाई २-० गोल अन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४३० दिन अगाडि
उरुग्वेलाई २-० गोल अन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा

काठमाडौं - पोर्चुगलले कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा स्थान बनाएको छ ।

लुसाईल स्टेडियममा सोमबार राति भएको खेलमा उरुग्वेलाई २-० गोल अन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो ।


कतार विश्वकपको नकआउट चरणमा पुग्ने पोर्चुगल तेस्रो टोली हो । पोर्चुगललाई जित दिलाउन दुबै गोल ब्रुनो फर्नान्डेसले गरे । खेलको ५४ औं मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको इन्जुरी समयमा ब्रुनोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-० को जित दिलाए ।

यस जितसँगै पोर्चुगलले समूह 'एच' बाट लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान पक्का गरेको हो । पोर्चुगलले २ खेलमा ६ अंक जोडेको छ । पोर्चुगल शीर्ष स्थानमा रहेको छ । उरुग्वे १ अंक जोडेर पुछारमा रहेको छ ।  यस हारसँगै उरुग्वेको नकआउट चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।